नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो  « Khabarhub

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा तय भएको महाधिवेशन दुई दिन पर सारेर असोज १८ गतेबाट हुने भएको हो । 

महाधिवेशनको उद्‌घाटन समारोह आगामी असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका स्तरका अधिवेशनहरू सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू सम्पन्न हुने क्रममा रहेका छन् । 

यसै बीचमा देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको जानकारी निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको जनाइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १ : ५४ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा