नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो  « Khabarhub

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा तय भएको महाधिवेशन दुई दिन पर सारेर असोज १८ गतेबाट हुने भएको हो । 

महाधिवेशनको उद्‌घाटन समारोह आगामी असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका स्तरका अधिवेशनहरू सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू सम्पन्न हुने क्रममा रहेका छन् । 

यसै बीचमा देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको जानकारी निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको जनाइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १ : ५४ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– दीपक मनाङे नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो