एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन « Khabarhub

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको अवधिमा नयाँ परिणाम दिन नसकेको टिप्पणी गरेका छन् । 

मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद बरालले प्रभावकारी काम गर्ने भन्दै गठन भएको नयाँ सरकारले ६ महिनाको अवधिमा नयाँ परिणाम दिन नसकेको टिप्पणी गरेका हुन् । 

उनले सरकार बनेको सुरुवाती दिनमै सुकुम्वासी बस्तीमा डोजर चलाएर आतंक सिर्जना गरिए पनि हालसम्म उनीहरूको उचित व्यवस्थापन हुन नसकेको बताए ।

संस्थानहरूमा राजनीतिक हस्तक्षेप र नियुक्ति गरिएको तथा पुरानै व्यवस्था ब्युँताउने विधेयक सदनमा ल्याइएको उनको भनाइ छ ।

त्यस्तै सांसद बरालले सरकार तथा प्रधानमन्त्री प्रतिनिधि सभाप्रति जबाफदेही हुन नसकेको र सार्वजनिक रूपमा उठेका प्रश्नहरूको सदनमा उपस्थित भएर जवाफ नदिएको उल्लेख गरे । 

उनले बजारमा महँगी, मिसावट, कृत्रिम अभाव नियन्त्रण हुन नसकेको तथा नागरिकलाई आधा सिलिन्डर ग्यास समेत सहज रूपमा दिन नसकेको बताए 

भोटेकोशी, रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका क्षेत्रमा बाढी र विपदबाट हजारौँ जनता पीडित भएको र उद्धार/खोजी कार्यमा सरकार अलमलिएको उनले बताए । 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  २ : ३२ बजे

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको