एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन « Khabarhub

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको अवधिमा नयाँ परिणाम दिन नसकेको टिप्पणी गरेका छन् । 

मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद बरालले प्रभावकारी काम गर्ने भन्दै गठन भएको नयाँ सरकारले ६ महिनाको अवधिमा नयाँ परिणाम दिन नसकेको टिप्पणी गरेका हुन् । 

उनले सरकार बनेको सुरुवाती दिनमै सुकुम्वासी बस्तीमा डोजर चलाएर आतंक सिर्जना गरिए पनि हालसम्म उनीहरूको उचित व्यवस्थापन हुन नसकेको बताए ।

संस्थानहरूमा राजनीतिक हस्तक्षेप र नियुक्ति गरिएको तथा पुरानै व्यवस्था ब्युँताउने विधेयक सदनमा ल्याइएको उनको भनाइ छ ।

त्यस्तै सांसद बरालले सरकार तथा प्रधानमन्त्री प्रतिनिधि सभाप्रति जबाफदेही हुन नसकेको र सार्वजनिक रूपमा उठेका प्रश्नहरूको सदनमा उपस्थित भएर जवाफ नदिएको उल्लेख गरे । 

उनले बजारमा महँगी, मिसावट, कृत्रिम अभाव नियन्त्रण हुन नसकेको तथा नागरिकलाई आधा सिलिन्डर ग्यास समेत सहज रूपमा दिन नसकेको बताए 

भोटेकोशी, रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका क्षेत्रमा बाढी र विपदबाट हजारौँ जनता पीडित भएको र उद्धार/खोजी कार्यमा सरकार अलमलिएको उनले बताए । 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  २ : ३२ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा