संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी « Khabarhub

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ।

संसद् सचिवालयका अनुसार सभापति पदका लागि पराजुलीको मात्रै उम्मेदवारी परेको हो ।

बुधबार हुने निर्वाचनका लागि पराजुलीको प्रस्तावकमा मोहन आचार्य रहेका छन् भने निशा डागी, पुष्पराज कँडेललगायत सांसद समर्थक रहेका छन् ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी तथा विपद्का साथै हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र जलवायु न्यायका विषयमा अध्ययन तथा आवश्यक सुझाव दिन संसदीय विशेष समिति गठन गर्न लागिएको हो ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ३ : २९ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा