एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ विन्दुमा झरेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य एक अङ्कले घटेर ४६६ दशमलव ६५ विन्दुमा पुगेको छ। फ्लोट परिसूचक शून्य दशमलव ६१ अङ्कले घटेर १७९ दशमलव ४६ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ४३ अङ्कले घटेर १५७ दशमलव ४४ विन्दुमा झरेको छ।
आज कुल एक करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर चार अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ रुपैयाँमा कारोबार भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये निर्जीवन बिमा र अन्य उपसमूहको सूचक बढेको छ भने बाँकी ११ उपसमूहको सूचक घटेको छ।
आज ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनीको घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।
बढ्नेमा आईसिएफसी फाइनान्स डिबेञ्चर, सयपत्री हाइड्रोपावर र नेपाल एसबिआई डिबेञ्चरलगायत रहेका छन्। यस्तै, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, आरबिबी म्युचुअल फण्ड र मेगा म्युचुअल फण्डलगायतका लगानीकर्ताले गुमाएका छन्।














प्रतिक्रिया