नेप्से परिसूचक नौ अङ्कले घट्यो « Khabarhub

नेप्से परिसूचक नौ अङ्कले घट्यो


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक नौ दशमलव ६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ विन्दुमा झरेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य एक अङ्कले घटेर ४६६ दशमलव ६५ विन्दुमा पुगेको छ। फ्लोट परिसूचक शून्य दशमलव ६१ अङ्कले घटेर १७९ दशमलव ४६ विन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ४३ अङ्कले घटेर १५७ दशमलव ४४ विन्दुमा झरेको छ।

आज कुल एक करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर चार अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ रुपैयाँमा कारोबार भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये निर्जीवन बिमा र अन्य उपसमूहको सूचक बढेको छ भने बाँकी ११ उपसमूहको सूचक घटेको छ।

आज ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनीको घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

बढ्नेमा आईसिएफसी फाइनान्स डिबेञ्चर, सयपत्री हाइड्रोपावर र नेपाल एसबिआई डिबेञ्चरलगायत रहेका छन्। यस्तै, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, आरबिबी म्युचुअल फण्ड र मेगा म्युचुअल फण्डलगायतका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ४ : ०७ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका