प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी « Khabarhub

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक भेलामा नेताको रूपमा पहिलो भाषण दिँदै ‘बेलायतलाई पहिलेको अवस्थामा फकाउने’ योजना प्रस्तुत गर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनले राजनीतिज्ञहरूले ‘सामान्यतया टार्ने’ मुद्दाहरू समाधान गर्ने योजना सार्वजनिक गर्न लागेका उनी निकट नेताहरूले दावी गरेका छन् । प्रधानमन्त्रीका रूपमा केयर स्टार्मरको दुई वर्षे कार्यकाल अन्त्य गरी सत्तामा पुगेका ५६ वर्षीय म्यानचेस्टरका पूर्वनगरप्रमुख बर्नहमले बेलायती राजनीतिमा नयाँ तरङ्ग ल्याएका छन् ।

उनी जुलाईमा बेलायती प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । सरकारको आर्थिक अवस्था निकै कडा भएको बेला देशको पुनःऔद्योगिकीकरण र निःशुल्क सामाजिक हेरचाहजस्ता महत्त्वाकांक्षी र खर्चिलो वाचा कसरी पूरा गर्ने भन्ने स्पष्ट पार्न उनीमाथि दबाब छ । एक दशकभित्र बेलायतको सातौँ प्रधानमन्त्री बनेका बर्नहमले लिभरपुलमा आफ्नो मुख्य सम्बबोधनमार्फत ‘एक पुस्तामा जनतालाई दिइएको भन्दा बढी गम्भीर योजना’ प्रस्तुत गर्ने लेबर पार्टीले प्रेस विज्ञप्तिमा जनाएको छ ।

“म स्वीकार्छु,सबैजना यसका हरेक भागसँग सहमत हुनेछैनन्, तर म विश्वास गर्छु, यसले बेलायतलाई पूर्व अवस्थामा फर्काउन सक्छ,” सम्बोधन पूर्व जारी गरिएका भनाइमा प्रधानमन्त्रीले बताएका छन् । लेबरको विज्ञप्तिअनुसार बर्नहमले दिउँसो २ बजे लेबर सांसद र कार्यकर्ताहरूलाई सम्बोधन गर्दा ‘देशका लागि स्पष्ट दिशा’ प्रस्तुत गर्नेछन् । उनले ‘धेरै समयदेखि बेवास्ता गरिएका कठिन मुद्दाहरू’ माथि ध्यान दिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसमा सामाजिक हेरचाह, युवा बेरोजगारीको उच्च स्तर र ‘ऊर्जा, पानी र आवासमा बढी सार्वजनिक नियन्त्रणको आवश्यकता’ समावेश छ । उनले बेलायतको विद्युत् ग्रिडमा लगानी गर्न नयाँ सरकारी निकाय पनि घोषणा गर्ने र यसले उच्च ऊर्जा मूल्य घटाउने प्रयास हुने बताइएको छ । जुलाई २० मा प्रधानमन्त्री बनेपछि (नौ वर्षपछि संसदमा फर्केको केही हप्तामै) बर्नहमले बढी आशावादी स्वर अपनाउने प्रयास गरेका छन् ।

मध्यपूर्व र युक्रेनका युद्धले बढाएको जीवनयापनको दबाबबाट जनतालाई केही ‘राहत महशुस गर्ने ठाउँ’ दिन उनले प्रयास गरिरहेका छन् र उनको मैत्रीपूर्ण व्यवहारले सार्वजनिक छवि बलियो बनाएको छ । मङ्गलबारको नयाँ युगोभ सर्वेक्षणले लेबरलाई प्रतिस्पर्धी रिफर्म युकेभन्दा पछाडि देखाएको थियो । सर्वेक्षणमा लेबरको मत प्रतिशत २४ छ भने कट्टर दक्षिणपन्थी, आप्रवासन विरोधी दलको २५ प्रतिशत छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ६ : ५८ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण