निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य « Khabarhub

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको भवन आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ । गत साउनको अन्तिम साता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अनुगमन गर्दै निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्देशन दिएपछि कामले गति लिएको हो ।

“पछिल्लो समय भवन निर्माणलाई तीव्र रूपमा अगाडि बढाइएको छ । चौथो तलाको ढलानको तयारी भइरहेको छ, असोज तेस्रो साताभित्र ढलान भइसक्नेछ”, सघन सहरी तथा भवन निर्माण आयोजना बैतडीका इञ्जिनियर विशाल श्रेष्ठले भने।

अपाङ्गमैत्री, लिफ्टसहितको अत्याधुनिक सुविधासम्मन भवनको हालसम्म ६५ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तिय प्रगति भएको छ । “अहिले भुइँतला र पहिलो तल्लाको भित्री भागमा काम भइसकेको छ भने दोस्रो र तेस्रो तलामा काम भइरहेको छ”, उनले भने।

नेपाल सरकारले सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत २०७८ साल असार २४ गते श्यामसुन्दर गोर्खा, वाईआर जेभीसँग निर्माणको ठेक्का सम्झौता भएको थियो । कुल रु २६ करोड ४८ लाख २७ हजार ४०४ को लागतमा बन्ने उक्त भवन विसं २०८१ असार २३ गते सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।

निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेपछि पुनःम्याद थप गरी आगामी पुस मसान्तसम्मको समय तोकिएको छ । थपिएको समयसीमाभित्र काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले कामलाई गति दिएको इन्जिनियर श्रेष्ठले बताए। निर्माण कम्पनीलाई कार्यालयको तर्फबाट पनि ताकेता गरिएको उनले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ९ : ३३ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास