स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते « Khabarhub

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौँभन्दा बढी घाइते भएको बताइएको छ ।

बीबीसीका अनुसार बुधबार बिहान म्याड्रिडबाट सेभिल्तर्फ जाँदै गरेको एउटा रेल लिकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनापछि रेलका धेरै वटा डिब्बाहरू किनारको ढिस्कोबाट तल खसेका थिए ।

बुधबार बिहान ९ बजेपछि म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा रहेको मोरा र ओर्गाज नगरपालिकाबीच दुर्घटना भएको थियो ।

स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले कम्प्युटर प्रणालीमा आएको गडबडी र त्यसपछि भएको मानवीय त्रुटिका कारण दुर्घटना भएको जनाएको बीबीसीले उल्लेख गरेको छ । यो दुर्घटना युरोपको आधुनिक इतिहासकै एक खराब र पछिल्लो १३ वर्षयताकै स्पेनमा भएको सबैभन्दा ठूलो रेल दुर्घटना हो।

मन्त्री पुएन्तेका अनुसार, निजी रेल सञ्चालक इरियोको स्वामित्वमा रहेको र १४७ जना यात्रु बोकेको रेल कम्प्युटरमा आएको खराबीका कारण लिकमै रोकिएको थियो ।

यता, इरियो कम्पनीले आफ्नो रेललाई स्पेनको सरकारी रेल्वे कम्पनी रेनफेद्वारा सञ्चालित र ३९७ जना यात्रु बोकेको अर्को रेलले पछाडिबाट ठक्कर दिएको जनाएको छ।

दुर्घटनाबाट उद्धार गरिएका यात्रुहरूले हावामा उछिट्टिएको, भग्नावशेषमा फसेको र बाहिर निस्कनका लागि झ्यालका सिसाहरू फोडेको हृदयविदारक दृष्यहरूको वर्णन गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ७ : १२ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल