डडेल्धुरामा किबीखेती विस्तार « Khabarhub

डडेल्धुरामा किबीखेती विस्तार


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती विस्तारसँगै व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा हाल २३ हेक्टर क्षेत्रफलमा किबीखेती भइरहेको छ । गत आर्थिक वर्षमा जिल्लामा १९ मेट्रिकटन किबी उत्पादन भएको केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुले बताए । अघिल्लो वर्ष १९ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट १० मेट्रिकटन किबी उत्पादन भएको उनले बताए ।

उत्पादन बढ्दै गए पनि किबीको बजार मूल्य भने घट्दै गएको किसान बताउँछन् । अमरगढी नगरपालिका–३ चिर्किट्टेका किसान प्रजापति पनेरुका अनुसार पाँच वर्षअघि प्रतिकिलो ४०० रुपैयाँभन्दा बढीमा बिक्री हुने किबीको मूल्य अहिले घटेर १५० रुपैयाँसम्म पुगेको छ । कैलाली र कञ्चनपुरलगायत बजारमा व्यापारीले किसानको बारीबाटै किबी खरिद गरेर लैजाने गरेका छन् ।

आलिताल गाउँपालिका–२ लामिटुँडाका लक्ष्मण थापामगरले २०७२ सालमा दोलखाबाट ११६ वटा किबीका बिरुवा ल्याएर खेती सुरु गरेका थिए । अहिले उनको बगैँचामा ३०० भन्दाबढी किबीका बोट छन् । खेतीसँगै उनले किबीको नर्सरीसमेत सञ्चालन गर्दै आएका छन् । गत वर्ष उनले ७५ क्विन्टल किबी बिक्री गरेका थिए ।

त्यस्तै, नेपाली सेनाबाट अवकाशपछि अमरगढी नगरपालिका–२ कुस्मालीका खडक थापामगर पनि किबीखेती र नर्सरी व्यवसायमा संलग्न छन् । उनले रातो र पहेँलो किबीको बिरुवा प्रतिगोटा २०० रुपैयाँ तथा हरियो किबीको बिरुवा १५० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

किबीखेतीलाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्रले बगैँचा व्यवस्थापन, थाक्रा निर्माण, मल तथा बिरुवा खरिदमा ५० प्रतिशत अनुदान सहयोग गर्दै आएको छ । केन्द्रका अनुसार गत आवमा किबी बगैँचा व्यवस्थापन तथा प्रवर्द्धनका लागि १५ लाख रुपैयाँ खर्च गरिएको थियो ।

किबीखेती विस्तार हुँदै गए पनि उत्पादनको उचित मूल्य र बजार व्यवस्थापन किसानका लागि चुनौती बनेको छ । उत्पादन बढेसँगै बजार विस्तार र मूल्य सुनिश्चित गर्नसके जिल्लामा किबी खेतीलाई थप व्यावसायिक बनाउन सकिने किसानहरु बताउँछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १० : ३४ बजे

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका