मौसम विभागले भन्यो- नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन « Khabarhub

मौसम विभागले भन्यो- नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएकाले नेपालमा तीव्र हावाहुरीको सम्भावना नरहेको जनाएको छ ।

चक्रवात अर्नब अहिले कमजोर भई ’बलियो न्यून चापीय क्षेत्र’ को रूपमा रहेको बिभागले जनाएको छ । 

नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले चक्रवात अर्नबको प्रभावका रुपमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेपनि अर्णव शक्तिशाली हुँदा जस्तो डरलाग्दो हावाहुरी चल्ने अवस्था नदेखिएको बताइन् । 

अरु क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा केही भारी वर्षा हुन सक्ने उनको भनाइ छ । 

यसको प्रभाव मुख्यतया बिहीबार/शुक्रबारदेखि शनिबारसम्म रहने अनुमान रहको उनले जानकारी दिइन् । 

पोखरेलले बिहीबार बेलुकादेखि हिमपात सुरु हुने भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने बताइन् ।

जोखिमपूर्ण, पहिरो गइरहने वा कच्ची सडक क्षेत्रमा विचार गरेर मात्र यात्रा गर्नुपर्ने भएपनि राम्रा राजमार्गहरूमा डराउनुपर्ने स्थिति नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १ : ०२ बजे

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि

नेपाल–भारत पर्यटन सहकार्य गर्न परिषद् स्थापना गरिने

चितवन– नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा

कोप–३१ मा न्याय र समृद्धिको मार्गचित्रसहित नेपालको प्रस्तुति हुनुपर्ने

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष