नेप्से परिसूचक ३१ अंकले बढ्यो « Khabarhub

नेप्से परिसूचक ३१ अंकले बढ्यो


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  ३१ दशमलव ५४ अंकले बढेर दुई हजार ६९५ दशमलव ६० मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  छ दशमलव ४१ अंकले बढेर ४८८ दशमलव २१ मा पुगेको छ । 

त्यस्तै फ्लोट सूचक दुई दशमलव २७ अंकले बढेर १८७ दशमलव ०१ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव २५ अंकले बढेर १६५  दशमलव ३४ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका दुई करोड ३२ लाख ५८ हजार नौ कित्ता शेयर आठ अर्ब ५७ करोड ९८ हजार  ८२३ मूल्यमा खरिद बिक्री भएको छ ।  

तेह्रवटै उपसमूह बढेका छन् । आज १८१ कम्पनीको शेयर बढ्यो भने  ९१ कम्पनीको शेयर घट्यो । त्यसैगरी छ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार बेनी हाइड्रोपावर, सोपान फार्मास्युटिकल्स, नेपाल रिइन्सुरेन्स कम्पनीलगायतका लगानीकर्ताले कमाएका छन् । 

त्यसैगरी, नेपाल इन्फास्ट्रचर एण्ड डेभलपमेन्ट, चिर्खवा हाइड्रोपावर र सनराइज व्लुचिपलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ३ : ३७ बजे

पाटनमा ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच सुरु

ललितपुर– ललितपुरको पाटनमा ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच शुक्रबार

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुरधाम – बहुमत जुटाउन नसक्ने भएपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

भद्रपुर– झापाको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमन बढेपछि

अछाममा भीरबाट लडेर एक जनाको मृत्यु, एक घाइते

अछाम- अछामको ढकारी गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ भने