गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित, बस्नयोग्य क्षेत्र १५ प्रतिशत मात्र « Khabarhub

गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित, बस्नयोग्य क्षेत्र १५ प्रतिशत मात्र


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गाजा-  इजरायली सेनाको नियन्त्रण र प्रतिबन्धका कारण गाजाको ७० प्रतिशतभन्दा बढी भूभागमा प्यालेस्टिनीको पहुँच सीमित भएको छ । मानव अधिकारका लागि गाजा केन्द्रका अनुसार आवास तथा आश्रयका लागि प्रयोग गर्न सकिने क्षेत्र गाजाको कुल भूभागको करिब १५ प्रतिशतमा खुम्चिएको छ ।

केन्द्रका अनुसार इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रको सीमा पश्चिमतर्फ विस्तार गर्दै लगेको छ । सेनाको गोलाबारी, गोली प्रहार तथा भवन र अन्य संरचना भत्काउने कार्यले बाक्लो बस्तीमा बसोबास गरिरहेका प्यालेस्टिनीलाई विस्थापित हुन बाध्य बनाएको छ ।

गाजाको कुल क्षेत्रफल ३६५ वर्ग किलोमिटर छ । तर, भौतिक संरचनाको विनाश र आधारभूत सेवाको अभावका कारण आवास तथा आश्रयका लागि उपलब्ध जमिन अत्यन्त सीमित भएको केन्द्रले जनाएको छ ।

बारम्बारको विस्थापन, आश्रयको अभाव र पुनर्निर्माणमा लगाइएका प्रतिबन्धले सर्वसाधारणको कठिनाइ थप बढाएको केन्द्रको भनाइ छ । यसले विस्थापित प्यालेस्टिनीलाई सुरक्षित रूपमा आफ्नो घर फर्कनसमेत अवरोध पुर्‍याएको छ ।

केन्द्रले इजरायली गतिविधिले चौथो जेनेभा महासन्धिको धारा ४९ उल्लङ्घन भएको हुन सक्ने चिन्ता व्यक्त गरेको छ । उक्त धाराले निश्चित अपवादबाहेक कब्जा गरिएको क्षेत्रका संरक्षित व्यक्तिलाई जबर्जस्ती स्थानान्तरण गर्न निषेध गर्छ ।

केन्द्रले युद्धविराम कायम गराउन भूमिका खेलेका अमेरिका, इजिप्ट, कतार र टर्कीलाई इजरायली सेनाको नियन्त्रण क्षेत्र थप विस्तार हुन नदिन पहल गर्न आग्रह गरेको छ । साथै, प्यालेस्टिनी नागरिकको सुरक्षा, गाजाको पुनर्निर्माण र विस्थापितलाई सुरक्षित तथा स्वेच्छाले घर फर्कन सक्ने वातावरण सुनिश्चित गर्न पनि ती देशसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ५ : ३२ बजे

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको