भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित « Khabarhub

भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी-२० शृङ्खलाको चौथो खेलमा न्युजिल्यान्डले भारतमाथि जित निकालेको छ। बुधबार भएको चौथो प्रतिस्पर्धामा न्युजिल्यान्डले भारतमाथि ५० रनको जित निकालेको हो ।

५ खेलमा तीन खेल जितेर सिरिज आफ्नो पक्षमा पारिसकेको भारतलाई चौथो खेलमा न्युजिल्यान्डले हराएको हो । यो जितसँगै सिरिजमा न्युजिल्यान्डले ३–१ गरेको छ ।

विशाखापटनम एसिए–भिडिसिए क्रिकेट स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २ सय १५ रन बनाएको थियो। उसका लागि टिम सिफर्टले अर्धशतक बनाए । ३६ बलमा ७ चौका र ३ छक्कासहित ६२ रन बनाएका हुन् । डेभोन कन्वेले ४४ रन बनाउँदा ड्यारिल मिचेलले ३९ रन थपे ।

भारतका लागि अर्शदीप सिंह र कुलदीप यादवले समान दुईदुई विकेट लिएका थिए।

२ सय १६ रनको लक्ष्य पछ्याएको भारतको ब्याटिङ लाइनलाई न्युजिल्यान्डले सुरुमै ध्वस्त पारेको थियो । पहिलो बलमै अभिषेक शर्मा गुमाएपछि भारत दबाबमा परेको थियो ।

उसका लागि शिवम दुबेले २३ बलमा ६५ रन बनाए पनि त्यो पर्याप्त भएन । रिन्कु सिंहले ३० बलमा ३ चौका र २ छक्कासहित ३९ रन जोडे। सन्जु सामासनले २५ र रवि विष्नोईले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भारत १८ ओभर चार बलमा १ सय ६५ रनमै अलआउट भएको हो । न्युजिल्यान्डका लागि मिचेल स्यान्टनरले तीन, इश सोधी र जेकब डफीले समान दुईदुई विकेट लिए । भारत र न्युजिल्यान्डले सिरिजको अन्तिम खेल शनिबार खेल्दैछन्।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ६ : ४९ बजे

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता