च्याम्पियन्स लिग : रियल मड्रिडमाथि बेन्फिकाको शानदार जित « Khabarhub

च्याम्पियन्स लिग : रियल मड्रिडमाथि बेन्फिकाको शानदार जित


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको महत्त्वपूर्ण खेलमा रियल मड्रिड बेन्फिकासँग पराजित भएको छ । यो हारसँगै रियलले सिधै अन्तिम १६ मा पुग्न अवसर गुमाएको छ । रियलमाथि बेन्फिकाले ४–२ गोल अन्तरको शानदार जित निकालेको हो । यो हारसँगै रियलले अब प्लेअफ खेल्नुपर्नेछ ।

रियलले खेलको सुरुआत राम्रो गरे पनि पछि दबाबमा परेको थियो। खेलको ३०औँ मिनेटमा केलियन एम्बाप्पेले हेडमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । बेन्फिकाका लागि ३६ औं मिनेटमा एन्ड्रियास शेल्डेरुप बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर भान्गेलिस पाभ्लिडिसको पेनाल्टी गोलमा बेन्फिलाले अग्रता बनाएको थियो ।

खेलको ५४ औं मिनेटमा शेल्डेरुप बेन्फिकाका लागि थप गोल गरे । एमबाप्पेले ५८ औँ मिनेटमा गोल गरे पनि खेल आफ्नो पक्षमा पार्न सकेनन् ।

अन्तिम समयमा रियलका दुई खेलाडी रातो कार्ड पाएपछि टिम नौ खेलाडीमा सीमित भएको थियो ।

नौ खेलाडीमा सीमित भएको रियलविरुद्ध खेलको इन्जुरी समयको आठौं मिनेटमा बेन्फिकाका गोलकिपर अनातोली टुबिनले फ्रिकिकमा हेड गोल गर्दै खेलमा रोमाञ्चक जित दिलाएका हुन्।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ७ : ३३ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन