सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक « Khabarhub

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज एकै दिन सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हो इतिहासकै उच्च मूल्य हो । बुधबार सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेको छ । योसँगै चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी ७ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ११ : १७ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि