म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध « Khabarhub

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राविधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्चित भएका हुन् । 

लुलाङ आधारभूत विद्यालयका शिक्षक दर्पण रोकाले विद्युत अभावमा रातका समयमा उज्यालो बनाउन, घरायसी काम, विद्यार्थीहरूलाई पठनपाठन र वडा कार्यालयको सेवा प्रवाहमा समस्या भएको गुनासो गरे। 

मोवाइल चार्ज गर्न नपाएर सञ्चार सेवा प्रभावित बनेको छ । साविक लुलाङ गाविसमा तीन सय ७० घरपरिवारले परियोजनाको विद्युत उपभोग गर्दै आएका छन् । गत जेठ महिनामा लुलाङमा केन्द्रिय प्रसारण लाइनको विद्युत सुविधा पुगेको थियो । लघुजलविद्युतको विद्युत भएकाले स्थानीयबासीहरुले घरमा मिटरबक्स जडान र वायरीङ गर्न बेवास्ता गरेका थिए । 

केन्द्रिय लाइनको विद्युत पुगिसकेकाले लघुजलविद्युत परियोजना मर्मत गर्न सरकारको आर्थिक कार्यविधीले नदिने भएकाले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर मिटरबक्स जडान गरि विद्युत विस्तारमा पहल गरिएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए। 

गमखोला लघुजलविद्युत परियोजनामा पटक–पटक समस्या आउन आउने भएकाले विद्युतको दीर्घकालीन समस्या समाधानका लागि केन्द्रिय प्रसारण लाइनको विद्युत जोड्न प्राथमिकता दिएको उपाध्यक्ष पुनले बताए । गत जेठमै केन्द्रिय लाइन पुगेपनि खोरिया स्थित नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन बाहेकको काममा प्रयोग भएको थिएन । 

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १२ : २८ बजे

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

भक्तपुर– यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन

हतियार र कलमको संयोजनमा खप्पीस स्रष्टा

काठमाडौं – टेकबहादुर तामाङ पूर्वएआईजी हुन् । ०५२ सालमा इन्सपेक्टर

कम्बोडिया–थाइल्यान्ड सीमा विवादमा सहमति जुट्यो

एजेन्सी – कम्बोडिया–थाइल्यान्ड क्षेत्रीय सीमा समिति (आरबीसी) सचिवालयको तीन दिने

सिजीको ‘वर्ल्डकप योजना’ मा तेस्रो चरणका विजेता सार्वजनिक

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’ योजना अन्तर्गत