कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न « Khabarhub

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ । 

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माणकार्य सम्पन्न भएको हो । 

उक्त सम्पन्न प्रसारण लाइन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक प्रमुख शशीभूषण शाहले जानकारी दिए।

सो प्रसारण लाइन राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि बाँकेको कोहलपुर सवस्टेशनदेखि सुर्खेतको सुब्बाकुनामा निर्माण भएको सवस्टेशनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण गरिने उनले बताए। उनका अनुसार बाँके, बर्दिया र सुर्खेत रुटमा परीक्षणपश्चात् प्रसारण लाइन सञ्चालनमा ल्याइनेछ । 

प्राधिकरणले प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका संकेत देखाइएका विद्युत्का संरचनालाई नछुन र बालबालिकालाईसमेत टावर नछुन तथा नजिक जान नदिन सचेत गर्न अनुरोध गरेको छ । 

साथै परीक्षणको क्रममा कुनै ठाउँमा भिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिनसमेत आग्रह गरिएको छ । 
 

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १२ : ४४ बजे

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

कुहिरोले प्रभावित आन्तरिक उडान सुचारू

काठमाडौं– आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत

विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण

रूसले क्युबामाथि लगाएको प्रतिबन्धमा वासिङ्टनको विरोध

एजेन्सी– रूसले क्युबामा अमेरिकी प्रतिबन्ध कडा पार्ने सम्भावित परिणामको चेतावनी

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

भक्तपुर– यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु