काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
उनलाई काठमाडौँको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरी उपचार भइरहेको छ । रुघा, खोकी, ज्वरोसँगै सास फेर्न गाह्रो भएपछि नेता नेपाललाई अस्पताल लगिएको हो ।
हाल उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको क्याबिनमा राखिएको छ । यद्यपि, उनको उपचार भने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकहरूले गरिरहेका छन् ।
अस्पताल भर्ना भएका नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बिहान अस्पताल पुगेका छन् । उनले चिकित्सकसँग भेट गरी नेता नेपालको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
चिकित्सकका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।













प्रतिक्रिया