कम्बोडिया–थाइल्यान्ड सीमा विवादमा सहमति जुट्यो « Khabarhub

कम्बोडिया–थाइल्यान्ड सीमा विवादमा सहमति जुट्यो


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कम्बोडिया–थाइल्यान्ड क्षेत्रीय सीमा समिति (आरबीसी) सचिवालयको तीन दिने बैठक दुई पक्षबीच कुनै पनि सहमति जुटाउन असफल भए पछि बिहीबार सम्पन्न भएको कम्बोडियाका रक्षा प्रवक्ता माली सोचेटाले बताएका छन् ।

कम्बोडियाको बान्टे मिन्चे प्रान्त र थाइल्यान्डको सा काओ प्रान्तबिचको पोइपेट अन्तर्राष्ट्रिय सीमामा आयोजित यो बैठक कम्बोडियाको पाँचौँ सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो सेना क्षेत्रबिच आसियान पर्यवेक्षक टोलीको अवलोकनमा भएको जनाइएको छ । 

“दुवै पक्ष अझै साझा आधारमा पुग्न सकेका छैनन्, यद्यपि दुवै पक्ष सहमति नभए सम्म कागजात आदान – प्रदान र वार्ता जारी राख्न आ–आफ्नो मुख्यालयमा फर्कन सहमत भएका छन् कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता सोचेटाले विज्ञप्ति जारी गर्दै बताए ।

सहमति पछि कम्बोडिया–थाइल्यान्ड आरबीसी बैठक र कम्बोडियाको पाँचौँ सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो सेना क्षेत्र बीच औपचारिक हस्ताक्षर समारोह हुने उनले बताएका छन् ।

कम्बोडिया र थाइल्यान्डले सशस्त्र द्वन्द्वको नयाँ चरणको तीन हप्ता पछि सन् २०२५ को डिसेम्बर –२७ मा तत्काल युद्धविराम गर्न सहमत भएका थिए । 

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १ : १८ बजे

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी