हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध « Khabarhub

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व– हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन् । बुधबार दिनभरि हिमपात भएपछि सडकको हिउँ पछ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको थियो । आज पनि बिहानैदेखि सडकमा जमेको हिउँ पन्छाउन थालिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले बताए। रुकुम पूर्वतर्फको तीन किलोमिटर सडकमा परेको हिउँ पन्छ्याइरहेको उनले बताए।

बागलुङले पनि आफ्नो क्षेत्रमा परेको हिउँ पन्छाएर सकिएमा मात्र सडक सञ्चालन हुने प्रनाउ यादवले बताए। 

काठमाडौंबाट रुकुम पूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस हिमपातका कारण पातिहाल्नामा फस्दा यात्रुलाई बुधबार उद्धार गरेर रुकुम पूर्व ल्याइएको थियो भने कतिपयलाई बागलुङको बुर्तिबाङ लगिएको थियो । 
 

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १ : ३१ बजे

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत– यस वर्ष जिल्लाबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत– यस वर्ष जिल्लाबाट ३२ करोड रुपैयाँको सुन्तला निर्यात गरिएको

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा