हुम्लामा भारी हिमपात हुँदा किसान रमाए « Khabarhub

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाम सिमिकोटदेखि उत्तरी भेग नाम्खा गाउँ सहित अन्यत्र जाने बाटो अवरुद्ध भएको छ । 

दुई दिनको हिमपातले गर्दा नेपालगञ्ज र सुर्खेतबाट सिमकोटको हवाई उडानसमेत बन्द भएको छ । यही माघ १४ गते भारी हिमपातका बावजुद पनि सदरमुकामका कार्यालयमा आगो बालेर सेवाग्राहीलाई सेवा दिइएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सरकारी कार्यालयका कर्मचारीले सिमकोट विमानस्थलमा रहेको हिउँ सफा गर्ने कार्य तीव्र बनाएका छन् । दक्षिणी भेगतिर पानी आएर आवतजावत बन्द भएको छ । 

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा मनोनयन दर्ता गरेका सातवटै दलका उम्मेदवारहरूले हिमपात हुँदाहुँदै पनि गाउँ –गाउँमा प्रचारप्रसार गर्ने कार्य भइरहेको बताएका छन् ।

हिमपात भएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् । हिमपातले गर्दा मङ्सिरमा लगाएका जौँ, गहुँ, उवा समेतका बालीलाई राम्रो भएको स्थानीय बासिन्दा बताउँछन् । 

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  २ : २८ बजे

चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व

काठमाडौं- इरान र अमेरिकाबीच बढ्दो तनावले क्षेत्रीय सुरक्षास्थितिलाई थप जटिल

बालेनको चुनौतीपछि झापा ५ मा सघन रुपमा जुट्यो एमाले, टोलसम्मै चुनावी अभियान

दमक- नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा चुनावी अभियानलाई

इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा ईयू

ब्रसेल्स– राष्ट्रव्यापी विरोध प्रदर्शनमा तेहरानको दमनमा इरानको अर्धसैनिक क्रान्तिकारी गार्डमाथि

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका

न्युरोड टिमले संकटा क्लब पराजित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम (एनआरटी) ले