काठमाडौं- फागुन २१ गते तोकिएको चुनावको तयारी तीव्र भइरहेको छ । यसै क्रममा उम्मेदवारहरु भोट माग्दै गाउँगाउँ पुगिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह पनि चुनावी अभियानमा जुटेका छन् । कोशी प्रदेशको यात्रा सकाएका उनी अहिले सुदूरपश्चिमका विभिन्न जिल्ला पुगेर भोट मागिरहेका छन् ।
पार्टीले प्रधानमन्त्री पदको उम्मेदवार बनाएका बालेन्द्र शाहको चुनावी सक्रियता लोभलाग्दो छ । तर, रास्वपा र पार्टी सभापति रवि लामिछाने भने तुलनात्मक रुपमा निष्कृय देखिएका छन् । सभापति लामिछाने अहिले खुट्टामा देखिएको सङ्क्रमणको उपचार गराइरहेका छन् ।
आजको कार्टुनले बालेन्द्रको चुनावी सक्रियताको व्यङ्ग्य गर्न खोजेको छ ।













प्रतिक्रिया