प्रचण्डलाई विप्लवको जवाफ : चुनावी सहकार्यसमेत नगर्नेसँग एकता हुन सक्दैन « Khabarhub

प्रचण्डलाई विप्लवको जवाफ : चुनावी सहकार्यसमेत नगर्नेसँग एकता हुन सक्दैन


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकताका लागि गरेको आह्वानलाई अस्वीकार गरिदिएका छन्।

प्रचण्डले २१ फागुनको निर्वाचनमा सहकार्य गर्न पनि अनिच्छा देखाएको भन्दै अब पार्टी एकताको चर्चा कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा ‘थोत्रो, बासी र असफल’ भइसकेको बताएका हुन् ।

विप्लवले फेसबुकमार्फत भनेका छन्, ‘आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्रै हो। यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेप्टिएका हुतिहारा मात्र पर्छन् ।’

उनले सबै कम्युनिस्ट पार्टीबीच मोर्चा र सहकार्य, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिलाउने एकता तथा मालेमावादी पार्टीको सुदृढीकरण नै वर्तमान आन्दोलनको प्राथमिकता रहेको बताएका छन् ।

विप्लवले माओवादी पार्टीलाई एकता, अग्रगमन र सम्भावनाको केन्द्र भएको उल्लेख गर्दै भविष्यले यसलाई सावित गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ३ : १४ बजे

अपर्ण र बेनिशाको रोमान्स

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ

नयाँ उपकरण राखेर गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सुझाव

काठमाडौं- गोरखकाली रबर उद्योग पुन: सञ्चालन सुझाव कार्यदलले १० महिना

भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी

काठमाडौं- भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि उपलब्ध गराउँदै आएको

अग्नि सापकोटा चिन्ता : लोकप्रियतावादका नाममा वामपन्थी सिद्ध‍याउने योजन बन्दैछ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ

सुनचाँदीको भाउ अझै बढ्छ, नयाँ गहना बनाउने ८० प्रतिशत घटे : माणिकरत्न शाक्य

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ, जसले