सीटी स्क्यान खरिद प्रकरण : पूर्वउपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध ७ करोडको बिगो दाबी « Khabarhub

सीटी स्क्यान खरिद प्रकरण : पूर्वउपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध ७ करोडको बिगो दाबी


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम गुणस्तरको सिटी स्क्यान मेसिन खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले प्रा.डा. भण्डारीविरुद्ध ७ करोड ३१ लाख ८२ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

डा. भण्डारीसँगै प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा.सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम बिसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, बायोमेडिक इन्जिनियर आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरी, लेक्चचर डा.श्रीसिया पोखरेल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । 

यसैगरी, अधिकृतहरु झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, आईटी अधिकृत हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइरजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह र हिमालय मेडिटेक प्रा.लि.का अमर श्रेष्ठ र सन्जु राजकर्णिकार विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । 

भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएकाहरूमध्ये कतिलाई एकल रुपमा र कतिबाट संयुक्त रूपमा ७ करोड ३१ लाख ८२ हजार रुपैयाँ  बिगोसहित कानुनअनुसार कारबाहीको माग गरिएको छ । 

अख्तियारले खरिद आवश्यकताको पहिचान एवं खरिद गुरुयोजना नै नबनाई बनाउन नलगाउने लगायतको खरिद कारबाहीको तयारी नगरी खरिद कार्य अगाडि बढाएको आरोप मुद्दामा लगाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ३ : ५९ बजे

सेरेना विलियम्स टेनिसमा फिर्ताबारे अनिश्चित

एजेनसी– टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धामा फिर्ता

तीन हिरो भएको फिल्ममा आनाको लिड

काठमाडौं – नायिका आना शर्माको अभिनय रहेको फिल्महरु प्रायः चर्चामा

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

किमाथांका– निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका

स्वास्थ्य बीमा व्यवस्थित हुँदैछ, छिट्टै सकारात्मक परिणाम देखिन्छ : मन्त्री शर्मा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

मूलपानीबाट समातिएको समूह : जसले सुन लुट्दा कुटपिट गर्दै कानसमेत चुँडाइदिए

काठमाडौं– काठमाडौंको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा