इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा ईयू « Khabarhub

इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा ईयू


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– राष्ट्रव्यापी विरोध प्रदर्शनमा तेहरानको दमनमा इरानको अर्धसैनिक क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लगाउन युरोपेली सङ्घ (ईयु) तयारी अवस्थामा देखिन्छ । यसले इस्लामिक गणतन्त्रमा थप दबाब दिएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावित सैन्य आक्रमणको खतरालाई पनि बढाएको छ ।

अमेरिकाले युएसएस अब्राहम लिंकन र अन्य निर्देशित मिसाइल विध्वंसकहरू मध्यपूर्वमा पठाएको छ । इरानले पनि प्रतिघातको चेतावनी दिएको छ, जसले अमेरिकी सैन्य आधार र इजरायलसहित क्षेत्रीय लक्ष्यहरूलाई जोखिममा पार्न सक्छ । विरोध प्रदर्शनमा कम्तीमा छ हजार ३७३ जनाको मृत्यु भएको बताइएको छ ।

इयुका शीर्ष कूटनीतिज्ञ काजा कालासले प्रतिबन्धको ‘सम्भावना’ रहेको बताइन्। 

उनले भनिन्, ‘यदि तपाईँ आतंककारीका रूपमा कार्य गर्नुहुन्छ भने तपाईँलाई आतंककारीका रूपमा पनि व्यवहार गर्नुपर्छ ।’ इरानले यसबारे तत्काल टिप्पणी गरेको छैन, तर यसअघि युरोपको आलोचना गरिसकेको छ ।

इयुमा प्रतिबन्ध लागू गर्न ब्लकका २७ राष्ट्रमा सर्वसम्मति आवश्यक छ । फ्रान्सले गार्डलाई आतंककारी सूचीमा राख्ने प्रस्तावलाई समर्थन गरेको छ र फ्रान्सेली विदेशमन्त्री जीन–नोएल बारोटले भने, ‘इरानमा गरिएका अपराधका लागि कुनै दण्डमुक्ति हुन सक्दैन ।’

क्रान्तिकारी गार्ड सन् १९७९ को इस्लामिक क्रान्तिबाट स्थापना भएको थियो र त्यसयता देशको शिया धर्मगुरु–प्रधान शासनको सुरक्षा गर्दै आएको छ । यसले प्रदर्शन रोक्न बासिज बलमार्फत जनवरी ८ देखि इन्टरनेट बन्द गरी व्यापक दमन गरेको थियो ।

इरानी पुरुषहरूले १८ वर्षपछि दुई वर्षसम्म सैन्य सेवा गर्नुपर्छ र धेरैले राजनीतिक दबाबका बाबजुद गार्डमा भर्ती हुने गर्छन् ।

मानव अधिकार समूहका अनुसार कम्तीमा छ हजार ३७३ जनाको मृत्यु भएको छ, जसमा पाँच हजार ९९३ प्रदर्शनकारी, २१४ सुरक्षा बल, ११३ बालबालिका र ५३ सर्वसाधारण रहेका छन् । बयालिस हजार ४५० भन्दा बढी पक्राउ परेका छन् । सरकारको आफ्नै तथ्यांक अनुसार जनवरी २१ सम्म मृत्यु हुनेको सङ्ख्या तीन हजार ११७ पुगेको थियो ।

यो मृत्युको सङ्ख्या दशकौँमा इरानमा भएका कुनै पनि विरोध प्रदर्शनभन्दा बढी हो र यसलाई सन् १९७९ को इस्लामिक क्रान्तिसँग तुलना गरिन्छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ३ : ३० बजे

रुपन्देही अदालतले भन्यो : रविको मुद्दा फिर्ताको निर्णयमा कुनै आदेश भएको छैन

बुटवल- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति

अपर्ण र बेनिशाको रोमान्स

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ

नयाँ उपकरण राखेर गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सुझाव

काठमाडौं- गोरखकाली रबर उद्योग पुन: सञ्चालन सुझाव कार्यदलले १० महिना

भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी

काठमाडौं- भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि उपलब्ध गराउँदै आएको

अग्नि सापकोटा चिन्ता : लोकप्रियतावादका नाममा वामपन्थी सिद्ध‍याउने योजन बन्दैछ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ