काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ थाती राखेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।
प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिलेका कुरा मिलाउनुपर्ने बताए । उनले बहस गर्नुपर्ने धेरै कुरा रहे पनि त्यसलाई थाती राखेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।
उनले सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकार स्थापित गर्न अहिले पार्टीको सम्पूर्ण अर्जुनदृष्टि फागुन २१ मा लगाउनुपर्नेमा जोड दिए ।
नेता सापकोटाले अहिले वामपन्थीहरूलाई सिद्धयाउने योजना बनिरहेकाले नेपाली कम्युनिस्ट पार्टीलाई थप एकताबद्ध बनाउँदै अघि बढाइएको धारणा राखे ।
उनले नेकपाको लोकप्रियता निकै बढ्दै गएको दाबी गर्दै अन्य प्रियतावाद एकदिन पानीको फोकाझैँ फुट्ने उल्लेख गरे ।
सापकोटाले कम्युनिष्ट दलहरूप्रति फैलाइएको भ्रमलाई व्यवस्थित ढंगले चिर्नुपर्ने समेत बताएका छन् ।













प्रतिक्रिया