भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी « Khabarhub

भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि उपलब्ध गराउँदै आएको सहयोगको दोस्रो चरणमा २५० भन्दा बढी गाडी हस्तान्तरण गरेको छ।

बिहीबार ‍सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारलाई २५० भन्दा बढी सवारीसाधन औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेयले सवारीसाधन हस्तान्तरण गरेका हुन्।

ती सवारीसाधन आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारले माग गरेको सहयोगअन्तर्गत प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले भारत–नेपालबीचको दीर्घकालीन सहकार्य र मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएका छन्। उनले निर्वाचन तयारीमा यस सहयोगको महत्व रहेको पनि उल्लेख गरे।

यसअघि भारत सरकारले निर्वाचनसम्बन्धी सहयोगको पहिलो चरण २० जनवरी २०२६ मा नेपाललाई हस्तान्तरण गरेको थियो। भारतीय दूतावासका अनुसार आगामी हप्ताहरूमा चरणबद्ध रूपमा थप सामग्रीहरू पनि उपलब्ध गराइनेछ।

भारतले निरन्तर प्रदान गर्दै आएको सहयोगले दुवै देशबीचको बहुआयामिक विकास साझेदारी मात्र होइन, भारत र नेपालका जनताबीचको गहिरो आपसी विश्वास र मित्रतालाई समेत प्रतिबिम्बित गर्ने दूतावासको भनाइ छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ४ : १५ बजे

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज