काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ थाती राखेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।
प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिलेका कुरा मिलाउनुपर्ने र बहस गर्नुपर्ने धेरै कुराहरू रहे पनि त्यसलाई थाती राखेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन् ।
उनले सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकार स्थापित गर्नका लागि अहिले पार्टीको सम्पूर्ण अर्जुन दृष्टि फागुन २१ मा लगाउनुपर्नेमा जोड दिए ।
नेता सापकोटाले अहिले वामपन्थीहरूलाई सिद्ध्याउने योजना बनिरहेकाले नेपाली कम्युनिस्ट पार्टीलाई थप एकताबद्ध बनाउँदै अघि बढाइएको धारणा राखे ।
उनले नेकपाको लोकप्रियता निकै बढ्दै गएको दाबी गर्दै अन्य प्रियतावाद एक दिन पानीको फोका झैँ फुट्ने उल्लेख गरे ।
सापकोटाले कम्युनिस्ट दलहरूप्रति फैलाइएको भ्रमलाई व्यवस्थित ढंगले चिर्नुपर्ने समेत बताए ।













प्रतिक्रिया