विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रित हुनुपर्छ : अग्नि सापकोटा « Khabarhub

विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रित हुनुपर्छ : अग्नि सापकोटा


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ थाती राखेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् । 

प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिलेका कुरा मिलाउनुपर्ने र बहस गर्नुपर्ने धेरै कुराहरू रहे पनि त्यसलाई थाती राखेर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन् ।

उनले सार्वभौमसत्ता र आत्मनिर्णयको अधिकार स्थापित गर्नका लागि अहिले पार्टीको सम्पूर्ण अर्जुन दृष्टि फागुन २१ मा लगाउनुपर्नेमा जोड दिए । 

नेता सापकोटाले अहिले वामपन्थीहरूलाई सिद्ध्याउने योजना बनिरहेकाले नेपाली कम्युनिस्ट पार्टीलाई थप एकताबद्ध बनाउँदै अघि बढाइएको धारणा राखे । 

उनले नेकपाको लोकप्रियता निकै बढ्दै गएको दाबी गर्दै अन्य प्रियतावाद एक दिन पानीको फोका झैँ फुट्ने उल्लेख गरे ।

सापकोटाले कम्युनिस्ट दलहरूप्रति फैलाइएको भ्रमलाई व्यवस्थित ढंगले चिर्नुपर्ने समेत बताए । 

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ४ : ५८ बजे

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज