रुपन्देही अदालतले भन्यो : रविको मुद्दा फिर्ताको निर्णयमा कुनै आदेश भएको छैन « Khabarhub

रुपन्देही अदालतले भन्यो : रविको मुद्दा फिर्ताको निर्णयमा कुनै आदेश भएको छैन


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

बुटवल- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने तथा उनका साझेदारहरू प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्न सरकारी पक्षबाट आएको निवेदनबारे निर्णय नभइसकेको रुपन्देही जिल्ला अदालतले जनाएको छ।

एकजना जिल्ला न्याायाधीशले मुद्दा फिर्ता गर्न अस्वीकार गरेको समाचार आएपछि अदालतले यस्तो प्रष्टिकरण दिएको हो ।

सर्वोच्च अदालतमा त्यसबारे परेको रिटको टुंगो लागेपछि मात्रै यो निवेदन पेश गर्नू भन्ने गत माघ ६ गते बेन्चबाट आदेश भएको अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीलाई यथावत राखी सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता गरी पाऊँ भनी जिल्ला सरकारी वकिल कार्यालयले निवेदन पेश गरेकोमा सर्वोच्चमा उत्प्रेषण रिट चलेकाले त्यहाँ अन्तरिम आदेशको टुंगो लागेपछि मात्रै जिल्लाले निर्णय गर्छ, अहिले मुद्दा फिर्ता गर्न अस्वीकार गरेको होइन, विचाराधीन छ’,पौडेलले भने ।

उनले गत माघ ६ गते नै भएको सुनुवाइबारे ९ दिनपछि फरक रुपमा समाचार आएकाले त्यो सत्य नभई सर्वोच्चमा परेको रिटको टुंगो लागेपछि मात्रै मुद्दा फिर्ता हुने-नहुने टुंगो लाग्ने बताए ।

गत माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले ‘उक्त विषयमा सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको बुझिन आएकाले त्यसको अन्तरिम आदेशबारे अन्तिम टुंगो लागेपछि मात्रै पेश गर्नू’ भन्ने आदेश जारी गरेको पौडेलले बताए ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ४ : ४९ बजे

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा

जनकपुर– मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक

लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए

काठमाडौं– चितवनमा एक महिलाको बीभत्स हत्या गरेको अभियोगमा चितवन प्रहरीले

म्यान्मा घोटाला प्रकरणमा चीनमा ११ जनालाई मृत्युदण्ड

एजेन्सी– चीनले बिहीबार दूरसञ्चार ठगी घोटालामा संलग्न ‘प्रमुख सदस्यहरू’ सहित

सामाजिक सञ्जालमार्फत कांग्रेसका पक्षमा माहौल सिर्जना गर्न महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो आस्था र अस्तित्वसँग

आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

एजेन्सी– भारतीय राज्य आन्ध्र प्रदेशमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध