स्वास्थ्य बीमा व्यवस्थित हुँदैछ, छिट्टै सकारात्मक परिणाम देखिन्छ : मन्त्री शर्मा « Khabarhub

स्वास्थ्य बीमा व्यवस्थित हुँदैछ, छिट्टै सकारात्मक परिणाम देखिन्छ : मन्त्री शर्मा


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्ने प्रयास भइरहेकाले केही दिनभित्रै सकारात्मक परिणाम देखिने बताएकी छन् । 

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ३० औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गौतमले अहिलेकै स्वरूपमा बीमा कार्यक्रम अघि बढ्न नसक्ने भएकाले यसलाई व्यवस्थित गर्ने प्रयास भएको र केही दिनभित्रै सकारात्मक परिणाम देखिने बताएकी हुन् ।

उनले निःशुल्क पाइने उपचारमा समेत बिरामीलाई बीमामार्फत पैसा तिर्न बाध्य पार्दा स्रोतहरूको दुरुपयोग हुने सम्भावना पनि धेरै देखिएको धारणा राखिन् ।

मन्त्री गौतमले स्वास्थ्य कर कोषमा प्राप्त हुने रकम संविधानले नै किटेको अवस्थामा उक्त रकम समेत निकै न्यून मात्रामा प्राप्त भइरहेको गुनासो गरिन् ।  

कतिपय अवस्थामा औषधीको मूल्य पनि बीमातर्फ एकदम महँगो रेटमा राख्ने गरेकाले पनि धेरै बोझ पर्न गएकाले सुधारका कामहरू भइरहेको उनको भनाइ छ ।  

मन्त्री गौतमले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक समस्या हुन नदिने र मन्त्रालयका तर्फबाट हुनुपर्ने भुक्तानी नरोकिने स्पष्ट पारिन् । 

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ५ : २० बजे

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले