ओलीले भने : कुनै पनि आत्ममर्पण स्वीकार्य हुँदैन « Khabarhub

ओलीले भने : कुनै पनि आत्ममर्पण स्वीकार्य हुँदैन


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आजको दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको निष्कर्ष निकालेका छन् ।

पार्टीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि छलफलका क्रममा ओलीले यस्तो धारणा राखेको आमनिर्वाचन–२०८२ प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।

उक्त छलफलमा अध्यक्ष ओलीले एमालेले हाल भइरहेका राज्यका संयन्त्रका गतिविधि र कामबारे नजिकबाट नियालेर यस्तो निष्कर्ष निकालेका हुन् ।

राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै ओलीले यसका रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताएको शाहीले जनाए । ओलीको भनाइबारे शाहीले भने, ‘कुनै पनि आत्ममर्पण स्वीकार्य हुँदैन।’

एमालेले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरि घोषणापत्रको तयारी गरेको पनि उनले बताए ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ५ : ५३ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,