सामाजिक सञ्जालमार्फत कांग्रेसका पक्षमा माहौल सिर्जना गर्न महामन्त्री पौडेलको आग्रह  « Khabarhub

सामाजिक सञ्जालमार्फत कांग्रेसका पक्षमा माहौल सिर्जना गर्न महामन्त्री पौडेलको आग्रह 


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफ्नो आस्था र अस्तित्वसँग जोडिएको विषय भएकाले कांग्रेसका सबै उम्मेदवारलाई जिताउनु जरुरी रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यसपालि जनतामाझ लोकप्रिय उम्मेदवार तय गरेको बताए । कतिपयलाई मन भएको र चित्त समेत दुखेको भए पनि पार्टी एकता कायम राख्ने गरी टिकट वितरण गरिएको उनले बताए ।

महामन्त्री पौडेलले भने, पार्टीलाई धेरै सिट जिताउन एकता कायम गर्नु आवश्यक छ । यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए ।

पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने तयारी गरेको उल्लेख गर्दै महामन्त्री पौडेलले भने सच्चिने र सच्याउने प्रक्रियामा अझ धेरै काम गर्नु जरुरी छ । देश विकासमा प्रष्ट दृष्टिकोण समेट्ने घोषणापत्र आउनेछ । निर्वाचनमा परिणाम ल्याउने गरी सबै लाग्न जरुरी रहेको बताएका उनले सामाजिक सञ्जालको सदुपयोग गर्न आग्रह गरे ।

हाम्रा १० लाख सक्रिय सदस्य छन्, उनले भने कम्तिमा पनि तीन लाख सदस्य सामाजिक सञ्जालमा सक्रिय हुने हो भने हाम्रा पक्षमा माहोल सिर्जना हुन्छ । हामा उम्मेदवार र पार्टीको बदलिएको नीतिका पक्षमा सबैले सक्दो पोष्ट गरौं ।

यस्तो अवस्थामा पार्टीलाई चुनाव जित्न र बदलिएको सन्देश आम नागरिकसमक्ष पुर्याउन सहज हुने समेत महामन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ६ : ११ बजे

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज