दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति « Khabarhub

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले दलित समुदायको सम्बन्धमा नबोलेको र कल्पनासमेत नगरेको विषयलाई सामाजिक सञ्जालमार्फत सुनियोजित रूपमा प्रचार गरिएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल आफ्नो गल्ती सच्याउन आग्रह गरेका छन्। अन्यथा साइबर कानुनको सहारा लिन बाध्य हुने समेत उनले चेतावनी दिएका छन्। 

अध्यक्ष लिङ्देनले फैलाइएको गलत प्रचारप्रति भ्रममा नपर्न सबैलाई आग्रह गर्दै तथ्यहीन आरोपले समाजमा अनावश्यक तनाव सिर्जना गर्न सक्ने बताएका छन्।

उनले लेखेका छन्, ‘मैले दलित समुदायको सम्बन्धमा बोल्दै नबोलेको र कल्पनासम्म नगरेको विषयलाई सुनियोजित रूपमा प्रचार गरिएको पाइएको छ। यस कार्यमा संलग्नहरुले तत्काल आफ्नो गल्ती सच्याउन आग्रह गर्दछु। अन्यथा साइबर कानुनको सहारा लिन बाध्य हुने समेत जानकारी गराउँछु। भ्रममा नपर्न समेत सबैमा आग्रह गर्दछु।’

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ६ : ३९ बजे

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको