असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी « Khabarhub

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीका उम्मेदवार सुदन गुरुङको सुरक्षा मिलाइदिन जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्राचार गरेको छ।

रास्वपाका गोरखा जिल्ला सचिव मिलन रानाद्वारा प्रमुख जिल्ला अधिकारीलाई पठाइएको पत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार गुरुङ हाल घरदैलो कार्यक्रममा सक्रिय रहेको उल्लेख गरिएको छ।

पत्रमा प्राप्त विभिन्न गोप्य सूचनाका आधारमा हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट उम्मेदवार गुरुङलाई व्यक्तिगत सुरक्षा जोखिम बढेको भनिएको छ। सुदनका लागि आवश्यक पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) सहित सुरक्षा व्यवस्था उपलब्ध गराइदिन भनिएको छ ।

रास्वपाले निर्वाचनको संवेदनशील समयमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै शान्ति, सुरक्षा र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न प्रशासनको ध्यानाकर्षण गराएको जनाएको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ६ : ४८ बजे

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने