बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा « Khabarhub

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा


१५ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव मल्ललाई नियन्त्रणमा लिएको छ । नगरपालिकास्थित भवन तथा बस्ती विकास शाखामा कार्यरत मल्ललाई १ लाख ५० हजार घुससहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

मल्ललाई आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बिहीबार नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले उल्लेख गरेका छन् ।

मल्लले नगरपालिका-७ मा रहेको जनता माध्यमिक विद्यालय रम्भापुरको भवन निर्माणको अन्तिम बिल भुक्तानीमा सहजीकरणका गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियारको टोली खटिएको न्यौपानेले जनाएका छन् ।

“… टोलीले निज इन्जिनियर मोहन देव मल्ललाई सेवाग्राहीबाट रु.१,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकाश शाखाबाट मिति २०८२।१०।१५ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,” प्रवक्ता न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ९ : ३२ बजे

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन