बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा « Khabarhub

बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको नियन्त्रणमा


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव मल्ललाई नियन्त्रणमा लिएको छ । नगरपालिकास्थित भवन तथा बस्ती विकास शाखामा कार्यरत मल्ललाई १ लाख ५० हजार घुससहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

मल्ललाई आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बिहीबार नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले उल्लेख गरेका छन् ।

मल्लले नगरपालिका-७ मा रहेको जनता माध्यमिक विद्यालय रम्भापुरको भवन निर्माणको अन्तिम बिल भुक्तानीमा सहजीकरणका गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियारको टोली खटिएको न्यौपानेले जनाएका छन् ।

“… टोलीले निज इन्जिनियर मोहन देव मल्ललाई सेवाग्राहीबाट रु.१,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकाश शाखाबाट मिति २०८२।१०।१५ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,” प्रवक्ता न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ९ : ३२ बजे

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी