अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो « Khabarhub

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा नेपालले भारतको मुम्बइ क्रिकेट एकेडेमी (एमसीए प्रेसिडेन्ट–११) लाई ७ विकेटले पराजित गरेको छ ।

खेलमा पहिले ब्याटिङ गरेको एमसीएले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । भारतीय टोलीका लागि सिद्धार्थ अक्रेले २० बलमा २८ रन तथा परिक्षित सालंगकरले २८ बलमा २७ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याए ।

नेपालका बलरहरू मध्ये नन्दन यादवले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए। कुशल भुर्तेलले पनि ४ ओभरमा २५ रन दिएर १ विकेट हात पारे ।

१४३ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमै ३ विकेट गुमाउँदै १४३ रन बनाउँदै सहज जित निकाल्यो। कप्तान रोहित पौडेलले ४३ बलमा ५० रनको अविजित अर्धशतक प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे। कुशल भुर्तेलले २१ बलमा ३८ रन जोड्दै आक्रामक सुरुवात दिलाए ।

एमसीएका बलरहरू मध्ये प्रतीक मिश्राले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिए भने धनीत राउतले ३.२ ओभरमा २९ रन दिएर १ विकेट हात पारे।

विश्वकपको तयारीलाई मजबुत बनाउने उद्देश्यले खेलिएको यस अभ्यास खेलमा नेपालको ब्याटिङ र बलिङ दुवै पक्ष सन्तुलित देखिएको छ । टोलीले अभ्यास खेलमार्फत आत्मविश्वास बढाउँदै आगामी विश्वकपमा बलियो प्रदर्शन गर्ने संकेत दिएको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ९ : ५६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल