पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ « Khabarhub

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई पक्राउ गरेको छ ।

सीआईबीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा ब्युरोले उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

पूर्व ऊर्जामन्त्री रहेका खड्काको घरमा भदौ २४ गते जेनजी आन्दोलनकाक्रमा आगजनी हुँदा अवैध पैसा भेटिएको थियो । खड्कामाथि लैनचौरस्थित नेपाल स्काउटको जग्गा र भवन कब्जा गरेको अभियोग छ ।

खड्का नेतृत्वको ‘खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि’ ले स्काउटको करिब १२ रोपनी जग्गा वर्षौँदेखि गैरकानुनी रूपमा प्रयोग गर्दै आएको दाबी सीआईबीको छ । सम्झौता सकिए पनि जग्गा खाली गर्न अटेर गरेको र भाडाबापतको करोडौँ रकम नतिरेको भन्दै स्काउटले उनीविरुद्ध उजुरी दिएको थियो ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा ऊर्जामन्त्री रहेका खड्कामाथि सार्वजनिक सम्पत्ति हडपेको र पदको दुरुपयोग गरेको विषयमा लामो समयदेखि छानबिन भइरहेको थियो । यसअघि नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उक्त जग्गामा रहेका संरचना सिल गरेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ८ : ३५ बजे

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई