काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को उद्घाटन खेलमा सनराइजर्स हैदराबादमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ । घरेलु मैदान चिन्नास्वामी स्टेडियममा शनिबार भएको खेलमा आरसिबीले हैदराबादले दिएको २०२ रनको विशाल लक्ष्य मात्र १५.४ ओभरमा ४ विकेट गुमाएर २०३ रन बनाउँदै पूरा गर्यो ।
आरसिबीको जितमा भेट्रान ब्याटर विराट कोहली र देवदत्त पदिकलले आक्रामक इनिङ्स खेले । कोहलीले ६९ रनको योगदान दिए भने पदिकलले मात्र २६ बलमा ६१ रन जोड्दै टोलीको जित सहज बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा विशाल योगफल तयार पारेको थियो । उसका लागि इशान किशनले ३८ बलमा ८० रनको आक्रामक इनिङ्स खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।
बलिङतर्फ आरसिबीका लागि डेब्युट्यान्ट ज्याकब डफी नायक बने । उनले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । डफीले हैदराबादका प्रमुख ब्याटर अभिषेक शर्मा, ट्राभिस हेड र नितीश कुमार रेड्डीलाई पेभिलियनको बाटो देखाएका थिए । डफीको किफायती बलिङ र पदिकलको विष्फोटक ब्याटिङ नै आरसिबीको जितको मुख्य आधार बन्यो ।













प्रतिक्रिया