एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ? « Khabarhub

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा एकसाथ आधा दर्जन समस्या, के भन्यो शिक्षण अस्पतालले ?


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा एकसाथ अनेक समस्या देखिएको छ।

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका उनमा एकसाथ कम्तीमा ५ वटा स्वास्थ्य समस्या देखिएका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे आइतबार जानकारी गराउँदै अस्पताले एकसाथ धेरैवटा समस्या देखिएको जनाएको छ।

अस्पतालका अनुसार ओलीलाई शनिबार मुटुको धड्कन असामान्य (पालापिट्यास्टियोन्स) हुने समस्या देखिएपछि भर्ना गरिएको हो। उनी दुई मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी हुन्।

उनलाई हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, थाइराइडसम्बन्धी समस्या, एट्रियल फिब्रिलेसन (एपीसी) सहितको समस्या पनि स्वास्थ्य परीक्षणबाट देखिएको छ। हाल उपचाररत उनमा पित्तथैलीमा ढुंगा जस्ता समस्या पनि रहेका अस्पतालले जनाएको छ ।

हाल उनको अस्पतालको एनेक्स–१ को बेड नम्बर ५०१ मा चिकित्सकहरूको निगरानीमा रहेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १ : २९ बजे

 पत्नीको खुट्टा काट्ने पति पक्राउ

वीरगञ्ज– जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले हातखुट्टा बाँधेर पत्नीको खुट्टा

बालेनको शासकीय सुधार योजनाले बद्लिन सक्छ निजीक्षेत्र

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले निजी क्षेत्रलाई पारदर्शी बनाउँदै

ओलीलाई पक्राउ गरेको विरोधमा आज पनि पोखरामा विरोध प्रदर्शन (तस्बिरहरू)

पोखरा– पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको