चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण « Khabarhub

चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

टीकापुर– वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदीमा तटबन्ध निर्माण भएको छ । मोहना नदीमा चार करोड ११ लाख रुपैयाँमा ६८० मिटर लामो बिगबोल्डर (ठूला ढुङ्गाको प्रयोग गरी) तटबन्ध निर्माण भएपछि स्थानीयले त्रास कम भएको प्रतिक्रिया दिएका छन् । 

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले चार करोड ११ लाख रुपैयाँ लागतमा तटबन्ध निर्माण सम्पन्न गरेको जनाएको छ । बर्खायामका साथै हिउँदमा पनि बर्सेनि कटान हुने गरेकामा तटबन्ध निर्माण भएपछि कटानको समस्या रोकिएको स्थानीय खडग धामीले बताए । 

‘कटानले नेपाल-भारत सीमामा रहेका १०५ नम्बर पिलरसमेत जोखिममा परेका थिए । बर्खामा कतिबेला घर बगाउने हो, भन्ने त्रास हुन्थ्यो । रातिको समयमा त्रासका कारण स्थानीय अनिदो बस्नुपर्ने बाध्यता थियो । यसपटक निद्रा लाग्ने भयो’, उनले भने, ‘सयाैँ बिघा जमिन नदीले कटान गर्दा कतिपय परिवार विस्थापित भएका छन् ।’
 
लालपूर्जा हातमा भएको जमिनमा यतिखेर नदी बगिरहेको बताउँदै धामीले यो तटबन्ध पाँच वर्षअघि निर्माण भएको भए अधिकांश परिवार विस्थापित हुनुपर्ने अवस्था नआउने धारणा राखे । उनका अनुसार तटबन्ध निर्माणका लागि पटकपटक मन्त्रालय र स्थानीय निकायलाई आग्रह गरेपछि काम भएको हो ।

तटबन्ध बनेपछि भारतको वैष्णेदेवी मन्दिरमा दर्शन गर्न जान तथा त्यहाँबाट पर्यटक यता आउन पनि सहज भएको स्थानीय रणसिंह धामीले बताए । गत आर्थिक वर्षको बजेटबाट तटबन्ध निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कञ्चनपुरका इञ्जिनियर उत्तम सुवेदीले बताए  । 

पूर्वप्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेले भनिन्, ‘यहाँका नागरिकले लामो समयदेखि तटबन्धको माग गरिरहनुभएको थियो, विगतमा गरिने जस्तो तटबन्ध टिकाऊ नहुने भएकाले अहिले ठूला ढुङ्गाको प्रयोग गरी बनाइएको छ । नदीले कटान र डुवानबाट पीडित भएका स्थानीयले राहत महसुस गरेका छन् ।’

सुक्खायाममा पनि कटानको समस्याले स्थानीय सास्ती र त्रासमा रहेकामा अब समस्या समाधान भएको न्यौपानेले धारणा राखिन् । ‘सरकारले जनताको वास्तविक आवश्यकता पहिचान गरेर विकास गर्ने हो भने मात्र जनतालाई लाभ पुग्छ’, उनले भनिन् ।

मोहना नदी कटानले नेपाली भूभाग भारततर्फ धकेलिएको स्थानीय बताउँछन् । नदीपारी नेपाली भूमि धकेलिएपछि नेपाली नागरिकले त्यहाँ गएर खेतीसमेत गर्न सकेका छैनन् । भारतीय नागरिकले नेपाली भूमि नदीपारी हुँदा उपभोग गर्दै आएका स्थानीय वीरबहादुर चौधरीले बताए  ।

कैलालीमा कर्णाली, मोहनालगायत नदीले बर्सेनि सयौँ बिघा जमिन कटान गर्दै आएका छन् । कर्णाली नदीले धार परिवर्तन गर्दा टीकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा पर्दै आएका हुन् । टीकापुर नगरपालिका-२, ५, ७, ८ कर्णाली नदीबाट हुनसक्ने कटानको जोखिममा छन् । 

यहाँ रानीजमरा कुलरिया सिँचाइ आयोजनाले करिब १२ ठाउँमा तटबन्ध निर्माण गरेको छ । आयोजनाले अगाडि तटबन्ध गर्दै जाने, नदीको धार परिवर्तन भएकाले पछाडि कटान हुँदै जाँदा नदी नियन्त्रणमासमेत समस्या भएको जनाएको छ ।

नदी नियन्त्रणका लागि अहिलेको अवस्था अनुसार दीर्घकालीन समस्या समाधान हुने खालको तटबन्ध निर्माणमा योजना बनाएरमा कटानबाट हुने क्षतिबाट बस्ती जोगाउन सकिने स्थानीय चौधरीले धारणा राखे । 

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १ : २८ बजे

 पत्नीको खुट्टा काट्ने पति पक्राउ

वीरगञ्ज– जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले हातखुट्टा बाँधेर पत्नीको खुट्टा

बालेनको शासकीय सुधार योजनाले बद्लिन सक्छ निजीक्षेत्र

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले निजी क्षेत्रलाई पारदर्शी बनाउँदै

ओलीलाई पक्राउ गरेको विरोधमा आज पनि पोखरामा विरोध प्रदर्शन (तस्बिरहरू)

पोखरा– पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको