सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई « Khabarhub

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको जेन-जी आन्दोलनयता तिब्बती शरणार्थीको सक्रियता बढ्दै गएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार जेन-जी आन्दोलनको बलमा गत भदौ २४ गते ढलेसँगै तिब्बती शरणार्थीहरूको सक्रियता देखिएको हो ।

त्यसबेला जेन-जी आन्दोलनमै तिब्बती शरणार्थी युवाहरूको सहभागितालाई लिएर चीनले प्रश्न उठाएको थियो।

उक्त आन्दोलनको बलमा भदौ २७ गते अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी सुशीलाई कार्कीलाई निर्वासित तिब्बती धर्मगुरू दलाई लामा र उनको सरकारमा प्रमुखले बधाई दिएका थिए।

अब त्यही परम्परालाई तिब्बतीहरूल निरन्तरता दिएका छन् । गत शुक्रबार प्रधानमन्त्री भएका बालेन्द्र शाहलाई तिब्बती सरकार प्रमुखले बधाई दिएका छन् ।

भारतको धर्मशालामा निर्वासित तिब्बती धर्मगुरू दलाई लामा ‘सरकार’का प्रधानमन्त्री सिक्योङ्ग पेन्पा छिरिङ्गले बालेन्द्रलाई शनिबार सामाजिक सञ्जालमार्फत् बधाई पठाएका हुन् ।

उनले बालेन्द्रलाई नेपालको नयाँ प्रधानमन्त्री भएकोमा बालेन्द्रलाई बधाई व्यक्त गरेका छन् ।

बधाई सन्देशमा उनले छन्, ‘हालैको जेन–जेड नेतृत्वको आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीको रूपमा तपाईंको उदय नेपाली जनताको, विशेषगरी युवापुस्ताको आकांक्षाको सशक्त प्रतीक हो।’

उनले पत्रमा नेपाल र तिब्बतबीचको ऐतिहासिक तथा आध्यात्मिक सम्बन्धको पनि चर्चा गरेका छन्।

‘नेपाल र तिब्बतबीच गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध रहेको छ, जुन पुस्तौंदेखि कायम छ। तिब्बतमा भएको जबर्जस्ती कब्जापछि नेपालमा शरण लिएका तिब्बती समुदायले आफ्नो पहिचान जोगाउँदै नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन्,’ पत्रमा उनले भनेका छन् ।

यसका लागि नेपाल सरकार र नेपाली जनताको उदारताप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्। सन्देशको अन्त्यमा उनले बालेन्द्रलाई बधाई स्वीकार् पनि भनेका छन् ।

‘नेपालको इतिहासको महत्वपूर्ण घडीमा तपाईंको सफल कार्यकालका लागि शुभकामना! तपाईंको सक्षम नेतृत्वमा दुई देशका जनताबीचको मित्रता अझ सुदृढ हुने र नेपाल प्रगति, समृद्धि तथा सकारात्मक परिवर्तनतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ’, उनले भनेका छन् ।

तर निर्वासित तिब्बती शरणार्थीको सम्भावित सक्रियताले चीन र नेपालबीचको सम्बन्धमा समस्या आउन सक्ने चिन्ता भने बढाएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १ : ५६ बजे

बजारले पत्याएन बालेन सरकारलाई, नेप्से एकैदिन ७१ अंकले ओरालोतिर

काठमाडौं– नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल

 पत्नीको खुट्टा काट्ने पति पक्राउ

वीरगञ्ज– जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले हातखुट्टा बाँधेर पत्नीको खुट्टा

बालेनको शासकीय सुधार योजनाले बद्लिन सक्छ निजीक्षेत्र

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले निजी क्षेत्रलाई पारदर्शी बनाउँदै

ओलीलाई पक्राउ गरेको विरोधमा आज पनि पोखरामा विरोध प्रदर्शन (तस्बिरहरू)

पोखरा– पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै