सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक « Khabarhub

सुटिङअघि नै नीताको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति सार्वजनिक


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा निर्मात्री नीता ढुङ्गानको डेब्यू निर्देशन रहने फिल्म ‘पार्वती’को प्रदर्शन मिति छायाङ्कन अगावै सार्वजनिक भएको छ ।

नीतिले आइतबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी वर्षको भदौ २४ लाई तोकिएको जानकारी दिइन् ।

उनले भनिन्, ‘सबै पक्षसँगको सल्लाहले यो फिल्मको भदौ २४ मा ल्याउनुपर्ने अवस्था बन्यो ।’

अहिले यो फिल्मको छायाङ्कन नै सुरु भएको छैन । चैत २४ बाट छायाङ्कनमा निस्कने योजनामा उनी छन् ।

शीर्ष नायिकाका डेढ दशक लामो करिअरपछि नायिका नीताले निर्देशनमा हात हाल्न थालेकी हुन् ।

यस फिल्ममा उनी नै शीर्ष भूमिकामा छन् । उनका साथमा कलाकार दीपाश्री निरौला,अशोक दर्जी, सिरु बिष्ट र राधिका कँडेललगायत छन् ।

यो फिल्मको कथा पनि नीता आफैँले लेखेकी हुन् । स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् ।

नीताकै ब्यानर ‘नीता फिल्मस्’बाट यो फिल्म बन्ने बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ४ : २२ बजे

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६