मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’ « Khabarhub

मोडल इभा गिरीले साइन गरिन् ‘पाँच पाण्डव’


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले फिल्म ‘पाँच पाण्डव’मा अभिनय गर्ने भएकी छन् ।

यस फिल्मका निर्देशक वसन्त निरौलाका अनुसार आइतबारबाट इभा गिरी छायाङ्न सेटमा सहभागी भएकी हुन् । उनको भूमिकाबारे निर्माण पक्षले खुलाएको छैन ।

मल्टिस्टारर यस फिल्मको छायाङ्कन चैत २ देखि झापाबाट सुरु भएको हो ।

छायाङ्कनको १४ औं दिनबाट इभा पनि जोडिएकी हुन् । उनीसँगै कलाकार प्रशान्त तामाङको पनि प्रवेश भएको निर्देशक निरौलाले जानकारी दिए ।

‘पाँच पाण्डव’ को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल ९बले० रहेका छन् ।

यी पाँच पात्रहरूलाई केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङ देखिनेछन् ।

काली रानी फिल्मस्को ब्यानर र सामाजिक कथामा बन्ने यस फिल्मको निर्माता नवीन श्रेष्ठ हुन् । कथा, पटकथा तथा संवाद सुशील पौडेलको हो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ४ : ३९ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको