भारतीय प्रधानमन्त्री मोदी र साउदी अरेबियाका समकक्षीबीच फोनवार्ता, ऊर्जा संकटदेखि समुद्री जलमार्गबारे कुराकानी « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र साउदी अरेबियाका समकक्षीबीच फोनवार्ता, ऊर्जा संकटदेखि समुद्री जलमार्गबारे कुराकानी


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानसँग पश्चिम एशियामा जारी द्वन्द्वबारे शनिबार टेलिफोन वार्ता गरेका छन्।

प्रधानमन्त्री मोदीले उक्त वार्तामा क्षेत्रीय ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणहरूको भारतले निन्दा गरेको बताएका छन्।

यसका साथै, समुद्री मार्गको स्वतन्त्रता कायम राख्दै जलयात्रा सुरक्षित र खुला राख्नुपर्ने आवश्यकतामा दुवै पक्षले जोड दिए मोदीले सामाजिक सञ्जाल एक्समा बताएका छन् ।

वार्ताका क्रममा मोदीले साउदी अरेबियामा बसोबास गरिरहेका भारतीय समुदायको हितका लागि निरन्तर सहयोग गरेकोमा युवराज मोहम्मद बिन सलमानलाई धन्यवाद पनि दिएका छन्।

पछिल्लो समय अमेरिका र इजरायलले इरानमा आक्रमण गरेदेखि पश्चिम एसियामा तनाव छ । पश्चिम एसियाका विभिन्न देशमा युद्ध फैलिँदा तेल र ग्यास आपूर्तिमा गम्भीर असर परेको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ३ : ५८ बजे

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद

‘जेनजी आन्दोलनमा बाह्य तत्वको घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट

भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता

ढाका– भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने