पर्वतमा शिक्षक संगठनको जिल्ला समिति भंग « Khabarhub

पर्वतमा शिक्षक संगठनको जिल्ला समिति भंग


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

पर्वत – नेपाल राष्ट्रिय शिक्षक संगठनको पर्वत जिल्ला कार्यसमिति भंग गरिएको छ।

संगठनका अध्यक्ष सुरेन्द्र शर्मा गौतमद्वारा जारी सूचनाअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययितासम्बन्धी बुँदा नम्बर १२ को निर्णयलाई स्वागत गर्दै उक्त कदम चालिएको हो ।

सोही निर्णयअनुसार संगठनको पर्वत जिल्ला कार्यसमिति मिति २०८२ चैत १५ गतेदेखि पूर्ण रूपमा भंग गरिएको जानकारी गराइएको छ ।

संगठनले सम्बन्धित सबै सरोकारवालालाई उक्त निर्णयबारे जानकारी गराउँदै आगामी संरचनाबारे आवश्यक निर्णय पछि गरिने संकेत गरेको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ९ : १३ बजे

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभागको सक्रियता, फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ– वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर पनि हालसम्म

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश