पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड « Khabarhub

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास गर्न सकिनेमा आज पोखरामा आयोजित कार्यक्रममा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा होटल सङ्घ पोखरा नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताहरूले तीन क्षेत्रलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ को अवधारणाअन्तर्गत पर्यटन प्रवर्द्धन गर्न सकिने बताएका थिए ।

पर्यटन बोर्डका प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा, लुम्बिनी र चितवनलाई सिल्भर ट्रयाङ्गलको रूपमा अगाडि बढाउन सकिने धारणा राखे । पोखरालाई पर्यटनको मुख्य केन्द्रका रूपमा विकास गरी लुम्बिनी र चितवनलाई समेटेर पर्यटन तथा व्यावसायिक आदानप्रदान र प्रबद्धनका गतिविधि सञ्चालन गर्न सकिने उनले बताए ।

कार्यक्रममा होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, सङ्घका पोखरा अध्यक्ष लक्ष्मण सुवेदी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, सङ्घका कोषाध्यक्ष नेत्रप्रसाद पौडेललगायतले पोखरा, लुम्बिनी र चितवनको पर्यटकीय साझेदारीमा जोड दिए ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १० : ४४ बजे

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

बोस्टन – किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-०