विश्वकप लिग-२ : आज ओमानसँग कीर्तिपुर मैदानमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर « Khabarhub

विश्वकप लिग-२ : आज ओमानसँग कीर्तिपुर मैदानमा भिड्दै नेपाल, पुरानो बदला लिने अवसर


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा आज आयोजक नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९:३० बजे सुरु हुनेछ ।

घरेलु मैदानमा जारी शृङ्खलालाई एकदिवसीय विश्वकप छनोटको यात्रामा निकै महत्त्वपूर्ण मानिएको छ । नेपालले आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईलाई ३७ रनले पराजित गर्दै सुखद सुरुवात गरिसकेको छ । ओमान भने सोमबार भएको खेलमा यूएईसँग २५ रनले पराजित भएको टिम हो ।

पुरानो प्रतिद्वन्द्वी ओमान

लिग–२ को अघिल्लो चक्रमा सन् २०२० फेब्रुअरीमा ओमानले नेपाल भ्रमण गर्दा नेपाली टोलीको स्वरूप निकै फरक थियो । त्यतिबेला ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालविरुद्ध ओमानले कीर्तिपुरमा ‘क्लिन स्विप’ गरेको थियो । संयोगवश, सोही शृङ्खला नै नेपालको घरेलु मैदानमा खेलिएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो ।

चार वर्षअघिको त्यो टोलीका दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र विनोद भण्डारी अहिले पनि टोलीमा छन् । तर, ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले त्यतिबेला डेब्यु गरेका थिएनन् । अहिले नेपाली टोलीको कमान रोहित पौडेलको हातमा छ भने ओमानको नेतृत्व जतिन्दर सिंहले गरिरहेका छन् ।

लिग २ मा नेपाल अहिले २१ खेलबाट १४ अंकसहित तालिकाको सातौँ स्थानमा छ । शीर्ष चारभित्र रहँदै एकदिवसीय विश्वकप छनोटमा पुग्न नेपाललाई बाँकी रहेका १५ खेलमध्ये करिब १२ खेल जित्नुपर्ने दबाब छ । कप्तान रोहित पौडेलले ब्याटिङमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

पहिलो खेलमा यूएईविरुद्ध २०० रन मात्र बनाएको नेपालका लागि ओपनिङ जोडी आसिफ र कुशलको प्रदर्शन निर्णायक हुने देखिएको छ । विशेष गरी घरेलु क्रिकेटमा लयमा देखिएका आसिफबाट टोलीले ठूलो इनिङ्सको अपेक्षा गरेको छ । ओमानका बिलाल खान र कलिमुल्लाहको बलिङ अट्याक नेपालका लागि मुख्य चुनौती बन्न सक्छन् ।

ओमान २५ खेलमा २९ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । घरेलु मैदान र दर्शकको साथ पाउँदै आएको नेपाल ओमानसँगको पुरानो हिसाब चुक्ता गर्ने दाउमा हुनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ६ : ४३ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम