महावीरको सम्पत्ति : कास्कीमा २७ रोपनी जग्गा, श्रीमतीसँग तीन तोला सुन, दुई बैंकमा २९ लाख बचत « Khabarhub

महावीरको सम्पत्ति : कास्कीमा २७ रोपनी जग्गा, श्रीमतीसँग तीन तोला सुन, दुई बैंकमा २९ लाख बचत


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पुनले बुधवार सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

पूर्वशिक्षामन्त्रीसमेत रहेका पुनले सार्वजनिक गरेको सम्पति विवरणअनुसार नेपाल बैंकमा चार लाख रुपैयाँ नगद बचत छ।

उता राष्ट्रिय वाणिज्य बैंकको खातामा २५ लाख रुपैयाँ बचत रहेको पनि पुनले खुलाएका छन् । उक्त रकम चुनावी चन्दाबाट उठेको उनले जानकारी दिएका छन्

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालकसमेत रहेका उनले कास्कीमा विभिन्न कित्तामा करिब २७ रोपनी, १५ आना, चार पैसा जग्गा रहेको पनि जनाएका छन् ।

यसका साथै आफूसँग करिब तीन तोला सुन रहेको जानकारी पनि उनले दिएका छन् । उक्त सुन श्रीमतीलाई आफन्तहरूले उपहार दिएको उनको दाबी छ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १ : २२ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि