नेप्से परिसूचकमा २५ अंकको गिरावट « Khabarhub

नेप्से परिसूचकमा २५ अंकको गिरावट


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव ८१ अंकले घटेर दुई हजार ७४४ दशमलव ४५ बिन्दुमा कायम भएको हो ।

आज ३५१ कम्पनीको एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर एक लाख चार हजार पाँच पटक खरिद बिक्री हुँदा चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार १७३ बराबरको कारोबार कारोबार भएको नेप्सेले जनाएको छ ।

आज विकास बैंक शून्य दशमलव १४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह एक दशमलव ०९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ७६, वित्त शून्य दशमलव ६४, होटल तथा पर्यटन एक दशमलव ६४, जलविद्युत् एक दशमलव ४५, लगानी शून्य दशमलव ६६, जीवन बीमा शून्य दशमलव ८४ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव २४ प्रतिशतले घटेको छ । 

त्यस्तै, लघुवित्त शून्य दशमलव ५४, निर्जीवन बिमा समूह एक दशमलव ११ र अन्य समूह शून्य दशमलव ९२ प्रतिशतले घटेको हो ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ३ : ५२ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि