अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू) « Khabarhub

अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू)


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन उच्च अदालत पाटनले रोकेपछि कलाकारहरू सडकमा उत्रिएका छन् ।

अदालतले अल्पकालीन आदेश दिँदै रोक लगाएपछि कलाकारहरू सडकमा उत्रिएका हुन् । बादी समुदायको कथामा बनेको फिल्म ‘लालीबजार’को मंगलबार राखिएको प्रिमियर रद्द भएसँगै विरोधको स्वर बढेको हो ।

नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेको यस फिल्मले बादी समुदायको कथा उठान गरेको थियो । ‘नथिया कुप्रथा’को विषय यस फिल्ममा उजागर गर्न खोजिएको निर्माण पक्षले बताएको छ ।

यो फिल्मले उक्त समुदायको चरित्रबारे प्रश्न उठाउने भन्दै रोशनी नेपालीले रिट दर्ता गरेकी थिइन् । अदालतले छलफलका लागि दुवै पक्षले वैशाख २२ गते बोलाएको छ ।

अदालतको आदेशको पालना गर्दै निर्माण पक्षले अन्तिम समयमा आएर प्रिमियर रद्द गरेको थियो । षट्कोण आर्टस्को ब्यानरमा यो फिल्म बनेको यस फिल्मका लेखक र निर्देशक यम थापा हुन् ।

उक्त चलचित्रलाई अदालतले प्रदर्शनमा रोक लगाएपछि चलचित्रकर्मीहरू विरोधस्वरूप माइतीघर मण्डलमा उत्रिएका छन्। उनीहरूले सबैभन्दा पहिले १५ मिनेट मौन रहेर विरोध गरे । त्यसपछि प्ले कार्डसहित सडकमा आवाज उठाए। उनीहरूले अदालतबाट अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भएको जनाएका छन् ।

यसरी विरोध गर्न पुग्नेमा स्वस्तिमा खड्का, प्रदीप भट्टराई, रवीन्द्रसिंह बानियाँ, म्याक्स दीपेश खत्रीसहित चलचित्र पत्रकारहरू पनि छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ४ : १० बजे

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको