धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो « Khabarhub

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको ४० किमि लामो धानखोला–लमही सडकखण्ड स्तरोन्नति कार्य औपचारिक रूपमा शुभारम्भ गरेको छ ।

उक्त सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलोपटक गुणस्तर, टिकाउपना र दिगोपनाको दृष्टिकोणबाट लाभदायी अत्याधुनिक निर्माण प्रविधि ‘फूल डेप्थ रिक्लेमेशन’ र ‘सुपरपेभ आस्फाल्ट’ प्रयोग गरिँदैछ । 

बलियो एवं टिकाउ सडक निर्माण गरेर, पहिल्यै भएका आस्फाल्ट पदार्थ पुनःप्रयोग गरेर तथा वातावरणीय प्रभाव न्यूनीकरण गरेर सो पद्धतिले सडक मर्मतमा गरिएको लगानीलाई दीर्घकालका लागि थप भरपर्दो तथा लागत प्रभावकारी बनाउन सहयोग गर्नेछ । यस आयोजनाले सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरेर सडकलाई १२ मिटर चौडा पनि बनाउनेछ । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  सडक गुणस्तरीय बनाउन तथा टिकाउपना सुनिश्चित गर्ने एफडीआर तथा सुपरपेभजस्ता अत्याधुनिक प्रविधि प्रयोगको सराहना गरे। 

‘यो राजमार्गमा हरेक दिन निर्भर रहेको हाम्रो प्रदेश र यहाँका जनताका लागि यो एउटा महत्वपूर्ण अग्रगामी कदम हो । यो सडकखण्डको स्तरोन्नतिले यात्रालाई थप सुरक्षित र भरपर्दो बनाउने मात्र नभई स्थानीय व्यवसायी, किसान तथा उद्यमीका लागि नयाँ अवसर सिर्जना गर्नेछ’, उनले उल्लेख गरे।

नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले भने, ‘धानखोला–लमही सडकखण्ड स्तरोन्नति शुभारम्भ कार्य संयुक्त राज्य अमेरिका तथा नेपालबीचको साझेदारीका सन्दर्भमा  महत्वपूर्ण कोशेढुङ्गा हो । एमसिसी नेपाल कम्प्याक्टमार्फत हामी ढुवानी लागत घटाउने, सुरक्षा वृद्धि गर्ने तथा समुदायलाई बजार र अवसरसँग जोड्ने उच्च गुणस्तरका दिगो पूर्वाधारमा लगानी गर्दैछौँ । यस आयोजनाले नेपालको भविष्यप्रति हाम्रो विश्वास र दिगो आर्थिक वृद्धिका लागि संयुक्त निष्ठालाई प्रतिबिम्बित गर्छ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव  सुशीलबाबु ढकालले भने, ‘एमसिए–नेपालको लगानी नेपाल सरकारका योजना तथा कार्यक्रमका पूरकका रूपमा तयार गरिएको हो । यो सहकार्यले सबल पूर्वाधार निर्माण र हाम्रा समुदायका लागि आर्थिक अवसर विस्तारप्रति हाम्रो साझा प्रतिबद्धता प्रतिबिम्बित गर्छ । यो आयोजना समयमै सम्पन्न हुने विश्वास छ ।’

एमसीसीका राष्ट्रिय आवासीय उपनिर्देशक सञ्जय पौड्यालले यो महत्वपूर्ण कदमले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने अत्याधुनिक प्रविधि प्रयोग गरेर सबल एवं लागत प्रभावकारी पूर्वाधार निर्माणमा नेपाललाई सघाउने एमसिसीको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको उल्लेख गरे।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले धानखोला–लमही सडकखण्ड स्तरोन्नति कार्यको थालनी एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण कदम भएको बताए। 

एमसिए–नेपाल यो आयोजना प्रभावकारी रूपमा, पारदर्शितापूर्वक तथा उच्चतम गुणस्तरसहित सम्पन्न गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो । सडक मर्मत आयोजना एमसीसी नेपाल कम्प्याक्टको महत्वपूर्ण अंश हो । यसले ढुवानी लागत घटाउने तथा नेपालका सडकको अवस्थामा सुधार ल्याउने उद्देश्य राखेको छ । 
 

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ४ : ४९ बजे

निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरे राष्ट्रिय पुँजीको विकास असम्भव : मुख्यमन्त्री कार्की

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले निजी क्षेत्रलाई प्रोत्साहन

सेनाको पत्रप्रति जनप्रतिनिधिको गम्भीर आपत्ति, एकस्वरमा भने : विधि र प्रक्रिया मानेको देखिएन

बर्दिया- वन क्षेत्र खाली गराउने सरकारी सूचना र सुकुम्बासी विवरण

अध्यादेशबारे रविले भने- विगतका गलत नियुक्ति सच्याउन ल्याएका हौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनअपेक्षा

रास्वपाको प्रस्टीकरण- तत्काल गर्नुपर्ने काम सहज बनाउन अध्यादेश ल्याएको हो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले छिटो छरितो रुपमा तत्काल गर्नुपर्ने कामलाई

वन्यजन्तु प्रभावित क्षेत्रमा सेन्सरयुक्त सौर्यबत्ती जडान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले वन्यजन्तुबाट प्रभावित बस्तीमा स्वचालित (सेन्सरयुक्त) सौर्यबत्ती जडान